हल्याण्डले चार गोल गर्दा डर्टमुण्डको प्रभावशाली जित

डिसी नेपाल
७ मंसिर २०७७ ११:४१

काठमाडौं । जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत आईतवार बिहान भएको खेलमा बोरुसिया डर्टमुण्डले बर्लिनमाथि ५–२ को प्रभावशाली जित दर्ता गरेको छ । डर्टमुण्डका लागि हल्याण्डले चार गोल गरे । बर्लिनको घरेलु मैदानमा भएको खेलमा डर्टमुण्डका लागि हल्याण्डले चार तथा राफेल गुएरेइरोले एक गोल गरे ।

पहिलो हाफमा १–० को गोल अन्तरले पछाडि रहेको डर्टमुण्डका लागि दोस्रो हाफको सुरुवातीमै गोल गर्दे हल्याण्डले खेलमा टोलीको लागि पहिलो गोल गरे । उनले पहिलो गोल गरेको २ मिनेटपछि पुनः अर्को गोल गर्दे डर्टमुण्डलाई २–१ को अग्रता दिलाए । हल्याण्डको गोल गर्ने क्रम रोकिएन, उनले खेलको ६२ औं र ७९ औं पुनः गोल गर्दे खेलमा डर्टमुण्डका लागि गोल संख्या चार पुर्याए । खेलको ७० औं मिनेटमा गुएरेइरोले अर्को गोल थपेका थिए । बर्लिनका लागि कुन्हाले दुई गोल गरे । जितसँगै डर्टमुण्डको ८ खेलबाट १८ अंक भएको छ । उ शीर्ष स्थानको बार्यन म्युनिख भन्दा मात्रै एक अंकले पछाडि रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *