अनेक हण्डर खाएर क्रिकेटर बनेका मुखिया (जन्मदिन बिशेष)

एसके शर्मा
७ मंसिर २०७७ १३:४७

काठमाडौं। नेपालले २०१४ को टी–२० विश्वकप खेल्दा नेपालले आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई ९ रनले पराजित गरको थियो। पहिलो पटक टी–२० विश्वकप खेलेको नेपालले उक्त खेलमा दोस्रो जित हातपारेको थियो।

खेलका नायक बनेका थिए नेपालका साइड आर्म एक्सन किङ जितेन्द्र मुखिया। उनले सो खेलमा ४ ओभर बलिङ गर्दे १८ रन दिएर अफगानिस्तानका खेलाडीहरु ओपनर मोहम्द सजाद, मध्य क्रमका ब्याटसम्यान नजिबउल्लाह जर्डन र समिउल्लाह शिनवारीलाई पभेलियनको बाटो देखाएका थिए।

मुखियाको त्यो विश्वकप यात्रा सजिलो भने थिएन। अनेक हण्डरहरु खाएर उनले रौतहट जिल्लाको राजपुर तुल्सीदेखि बङलादेशको चट्टग्राम सम्मको यात्रा तय गरेका थिए।

१२ वर्षको उमेरदेखि ब्याट र बल समाएका जितेन्द्रको क्रिकेट यात्रा स्कुलबाट भारतको आरपी क्रिकेट एकेडेमी, जिल्ला, क्षेत्र नम्बर दुई, यू–१९ हुदै नेपालको सिनियर टोलीसम्म आइपुगको हो। क्षेत्र नम्बर दुईका लागि टिममा पर्दै काठमाडौं आएका जितेन्द्र सन २०११ मा भएको एकदिवसीय र टी–२० का चार–चार खेलमा खेल्ने मौका पाएका थिए।

सन् २०१३ मा यूएईमा भएको टी–२० विश्वकप छनौटमा उनले खेल्ने अवसर पाए। उक्त प्रतियोगितामा उनले डेनमार्कविरुद्ध डेब्यू गर्ने मौका पाए। पहिलो खेलमा एक विकेट लिएका जितेन्द्र नेपालले विश्वकपमा स्थान बनाउँदा उनी सर्वाधिक विकेट लिने दोस्रो नेपाली खेलाडी बने।

एकदिवसीय राम्रो प्रदर्शन गर्न नसकेका जितेन्द्र टी–२० मा दोस्रो सर्वाधिक विकेट टेकर बने। त्यही प्रदर्शनका कारण पहिलो पटक उनी यू–१९ राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परे। तर क्याम्पमा राम्रो गरेका उनी अन्तिम १४ मा पर्न सकेनन्।

त्यही समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रुपमा पुबुदु दासानायकेको नेपाल आगमन भयो। पुबुदुले राष्ट्रिय टोलीमा नयाँ अनुहारलाई भित्र्याउने क्रममा उनको नजर जितेन्द्र माथि पर्यो।

र, उनी सन् २०१२ मा पहिलो पटक राष्ट्रिय टिमको क्लोज क्याम्पमा पर्न सफल भए। क्लोज क्याम्पमा परेपनि उनी टिममा पर्न असफल भए। तरपनि उनी क्लोज क्याम्पमा चाहिँ निरन्तर पर्न थाले। करिब दुई वर्षदेखि क्याम्पमा मात्र परेका जितेन्द्र निराश भईसकेका थिए।

निराश जितेन्द्रलाई एकदिन नेपाल क्रिकेट संघ (क्यान)बाट फोन आयो र उनी नेपाली यू–२३ टिममा छनौट हुने अवसर पाए। याहाबाट उनको करियर राष्ट्रिय टिमबाट सुरुवात भयो।

सन् २०१३ मा यूएईमा भएको टी–२० विश्वकप छनौटमा उनले खेल्ने अवसर पाए। उक्त प्रतियोगितामा उनले डेनमार्कविरुद्ध डेब्यू गर्ने मौका पाए। पहिलो खेलमा एक विकेट लिएका जितेन्द्र नेपालले विश्वकपमा स्थान बनाउँदा उनी सर्वाधिक विकेट लिने दोस्रो नेपाली खेलाडी बने।

बंगलादेशमा आयोजना भएको टी–२० विश्वकप क्रिकेटमा हङकङ विरुद्वको खेलमा एक विकेट लिएर उनले बंगलादेशविरुद्धको खेलमा ठीकै बलिङ गरे, तर विकेट हात परेन। नेपालको अन्तिम खेलमा अफगानिस्तानलाई ९ रनले पराजित गर्दा नायक बनेका जितेन्द्र मुखिया आजभोलि गुमनाम भएका छन्।

एकपछि अर्को चोटले उनलाई पछिल्ला वर्षहरुमा नेपाली क्रिकेटले पाएको सफलताहरुमा योगदान गर्ने मौकासमेत दिएन। टी२० विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका जितेन्द्र अर्को वर्ष नेपालले आयरल्यान्ड र स्कटल्यान्डमा ग्लोबल छनोट खेल्दासम्म टिममा थिए।

तर, त्यसपछि एकाएक हराए। जितेन्द्र टिम बाहिर रहेको झण्डै चार वर्ष भन्दा बढी भईसकेको छ। जितेन्द्र टिममा पर्न नसकेको मुख्य कारण उनको ढाडको समस्याको कारणले हो। तरपनि उनले हार मानेका छैनन्।

जितेन्द्र अहिले पनि नेपाल घरेलु प्रतियोगिताहरुमा खेलिरहेका छन्। आज ती नै जितेन्द्र मुखियाको जन्मदिन परेको छ। उनी २७ औं वसन्त पारेर २८ औं वसन्तमा प्रवेश गरेका छन्। जितेन्द्रलाई डिसी नेपाल टोली सहित नेपाली क्रिकेट सर्मथकहरुको तर्फबाट हार्दिक मंगलमय शुभकामना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *