क्यानको जनरल म्यानेजरमा ८ जना अन्तरवार्ताका लागि छनौट

डिसी नेपाल
७ मंसिर २०७७ १५:५५

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईतवार जनरल म्यानेजरको लागि ८ ब्यक्तिहरु छनौट गरेको छ । क्यानले जनरल म्यानेजरको लागि आह्वान गरेको दरखास्तमा ४५ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये २० जनाको नाम क्यानले सर्टलिस्ट गरेर आईसीसीलाई पठाएको थियो । ती मध्ये आईसीसीले ८ ब्यक्तिहरु छनौट गरेको छ । छनौट गरिएका ब्यक्तिहरुको आज अन्तरवार्ता लिईएको छ ।

अन्तरवार्ता लिईएका मध्ये एकको नाम १०–१५ दिनपछि सार्वजनिक गरिने क्यान स्रोतले जनाएको छ । क्यानको जनरल म्यानेजरका लागि पूर्व कस्तान विनोद दाश सहित रौनक मल्ल, धिरेन्द्र पन्तले आवेदन दिएका छन । जनरल म्यानेजर सँगै क्यानले मुख्य प्रशिक्षकको पनि नाम एकैपटक सार्वजनिक गर्ने जनाएको छ । प्रमुख प्रशिक्षक र जनरल म्यानेजर पछि क्यानले प्रदेश प्रशिक्षकको लागि अन्तरवार्ता लिने जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *