प्रशिक्षणका लागि क्रिकेट खेलाडीहरु काठमाडौंमा, मंगलवार पीसीआर गरिने

डिसी नेपाल
८ मंसिर २०७७ १६:०४

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षण लागि बोलाएका मध्ये भ्याली बाहिर रहेका खेलाडीहरु काठमाडौं आईपुगेका छन । काठमाडौंमा रहेका र भ्याली बाट आएका सम्पूर्ण खेलाडीहरुको पीसीआर मंगलवार गरिने टोलीका फिजियो बिक्रम न्यौपानेले डिसी नेपाललाई बताए । बन्द प्रशिक्षणका लागि बोलाईका २२ खेलाडीहरुको मंगलवार त्रिवि मैदानमा पीसीआर गरिने भएको छ । यसअघि खेलाडीहरुको पीसीआर स्टार अस्पतालमा गरिने भनिए पनि स्वास्थ्य सुरक्षाको कारण त्रिवि मैदानमा गरिने न्यौपानेले बताए ।

आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि गर्न लागिएको बन्द प्रशिक्षणका खेलाडीहरुलाई पीसीआर रिपोर्ट आएपछि क्यानले होटलमा राख्ने ब्यवस्था मिलाएको छ । होटलमा खेलाडीहरुलाई कडा स्वास्थ्य मापदण्ड अपनाई राखिने न्यौपानेले बताए । प्रशिक्षणका क्रममा त्रिवि मैदानमा रहेका कर्मचारीहरुलाई मैदानमै बस्ने ब्यवस्थान क्यानले मिलाएको छ । साथै प्रशिक्षणको क्रममा खेलाडीहरुलाई कडा सुरक्षाका बीच स्वास्थ्य मापदण्ड अपनाएर प्रशिक्षण दिईने न्यौपानेले बताए । कोरोना महामारी शुरु भएपछि पहिलो पटक क्रिकेट खेलाडीको प्रशिक्षण हुन लागेको हो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *