कप्तान मल्लद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भ्रमण

डिसी नेपाल
८ मंसिर २०७७ १६:४८

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा कप्तान ज्ञानेन्द्र मल्लले चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भ्रमण गरेका छन्। आज कप्तान मल्ल र क्रिकेट एसोसियसन नेपाल (क्यान)का सदस्य छुम्बी लामा, बाग्मति प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्नेत, चितवन जिल्ला क्रिकेट संघ का अध्यक्ष कैलाश प्रधान लगायतले उक्त मैदानको भ्रमण गरेका हुन्।

कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले स्थापना गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले जनस्तरबाट सहयोग संकलन गरी यसको निर्माण गरिरहेको छ। भरतपुर महानगरपालिका–१६ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कुल लागत खर्च ३ अर्बको छ । अन्तर्राष्ट्रियस्तरको २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशालाका अतिरिक्त दुइटा अत्याधुनिक क्रिकेट अभ्यास मैदान, फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडीपोखरी, ब्याडमिन्टन र टेनिस कोर्ट पनि बनाइने लक्ष्य छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *