क्रिकेट खेलाडीहरुको पीसीआर परिक्षण

डिसी नेपाल
९ मंसिर २०७७ १२:५२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षण लागि बोलाएका क्रिकेट खेलाडीहरुको पीसीआर परिक्षण गरिएको छ । बन्द प्रशिक्षणका लागि बोलाईका २२ खेलाडीहरुको मंगलवार त्रिवि मैदानमा पीसीआर गरिएको हो । खेलाडीहरुसँगै त्रिवि मैदानमा कार्यरत कर्मचारीहरुको पनि पीसीआर गरिएको छ ।

यसअघि खेलाडीहरुको पीसीआर स्टार अस्पतालमा गरिने भनिए पनि स्वास्थ्य सुरक्षाको कारण त्रिवि मैदानमा गरिएको छ । आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि गर्न लागिएको बन्द प्रशिक्षणका खेलाडीहरुलाई पीसीआर रिपोर्ट आएपछि क्यानले होटलमा राख्ने ब्यवस्था मिलाएको छ । होटलमा खेलाडीहरुलाई कडा स्वास्थ्य मापदण्ड अपनाई राखिने भएको छ । प्रशिक्षणका क्रममा त्रिवि मैदानमा रहेका कर्मचारीहरुलाई मैदानमै बस्ने ब्यवस्थान क्यानले मिलाएको छ । साथै प्रशिक्षणको क्रममा खेलाडीहरुलाई कडा सुरक्षाका बीच स्वास्थ्य मापदण्ड अपनाएर प्रशिक्षण दिईने जनाईएको छ । मंगलवार पीसीआर रिर्पोट आएपछि बुधवार देखी खेलाडीहरुको प्रशिक्षण सुरु हुने सम्भावना रहेको छ ।

प्रशिक्षणमा बोलाइएका खेलाडीहरु : ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेसावाकर, कारण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो, भुवन कार्की । जगत बहादुर टमटा (प्रशिक्षक)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *