दशककै उत्कृष्ट एसोसिएट खेलाडीको मनोनयनमा पारस, यसरी गर्नुहोस भोट

डिसी नेपाल
९ मंसिर २०७७ १७:०६

काठमाडौं । नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसीको अवार्ड अन्तर्गत एसोसिएट राष्ट्रतर्फ दशककै उत्कृष्ट किक्रेट खेलाडीहरुको मनोनयनमा परेका छन् । आईसीसीले निकालेको ‘आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेड’को ६ जनाको अन्तिम सूचीमा नेपालबाट पारस खड्का परेका हुन् ।

पारससँगै स्कटल्यान्डका ३ जना, पपुवा न्यू गिनीका एक र नेदरल्यान्ड्सका एक जना खेलाडी मनोनयनमा परेका छन् । मनोनयनमा नेपालका पारस खड्का, स्कटल्यान्डका काइल कोटजर, केलम म्याकलेओड र रिची बेरिङटन, पपुवा न्यू गिनीका अशाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयनमा परेका छन् ।

आईसीसीले उत्कृष्ट खेलाडीको घोषणा भने डिसम्बेर १८ तारिखमा गर्नेछ । उत्कृष्ट खेलाडी छनाेट भोटिङ मार्फत हुनेछ ।

भोट गर्नको लागि यहाँ क्लीक गर्नुहोस्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *