कोरोना रोकथाममा नेपालले लागू गरेको मापदण्ड विश्वमै उदाहरणीय : भट्टराई

डिसी नेपाल
१२ मंसिर २०७७ १७:१२

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोभिड रोकथामका लागि उड्डयन क्षेत्रमा नेपालले लागू गरेको मापदण्ड विश्वमै उदाहरणीय भएको दाबी गरेका छन्।

नगरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रको सुरक्षा रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा भट्टराईले यस्तो बताएका हुन्।

कोभिडको व्यापक संक्रमण भएको अवस्थामा पनि नेपालको एयरपोर्ट एक दिन पनि बन्द नभएको दाबी समेत मन्त्री भट्टराईले गरे। नियमित उडान बन्द गरिएपनि एयरपोर्ट बन्द नभएकोले नेपालको उड्डयन क्षेत्रले आफ्नो क्षमता विश्व सामु देखाइसकेको उनको भनाई छ।

संसारको कुनै पनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिबन्ध लगाउने औचित्य समाप्त भइसकेको उनको भनाई छ।

तर पनि युरोपियन आकाशमा भएको प्रतिबन्ध हटाउन अझै केही कानूनी पुनरसंरचना गर्नुपर्ने बताउदै उनले त्यसका लागि नागरिक उड्डयन प्राधिकरणको संरचनालाई दुई भागमा विभाजन गरी दुईवटा संगठन बनाउने प्रक्रिया अगाडि बढिसकेको बताए ।

उक्त विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल भई अगाडि बढिसकेको र आउने अधिवेशनमा प्रतिनिधि सभामा समेत टेबुल हुने चरणमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *