कप्तान ज्ञानेन्द्र मल्ल कोरोना संक्रमण मुक्त
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् ।
कप्तान मल्लले शुक्रबार सामाजिक संजाल फेसबुकबाट आफु कोरोना मुक्त भएको बताएका छन् । राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण अघि गरिएको कोरोना परिक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।
ज्ञानेन्द्रसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई समेत कोरोना पोजेटिभ देखिएको थियो । कोरोना मुक्त भएसँगै ज्ञानेन्द्र अब टिमको प्रशिक्षणमा सामेल हुने छन् ।
प्रतिक्रिया
Facebook Comment