स्मिथको आक्रामक सतकमा अष्ट्रेलियाले दियो भारतलाई ३ सय ९० रनको लक्ष्य

डिसी नेपाल
१४ मंसिर २०७७ १४:००

काठमाडौं ।अष्ट्रेलियाले दोस्रो एकदिवसीय क्रिकेटमा पाहुनाटोली भारतलाई जितका लागि ३ सय ९० रनको फराकिलो लक्ष्य दिएको छ । सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनायो।

सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाको फराकिलो स्कोरमा स्टिभ स्मिथले शतकीय इनिङ्स खेले । उत्कृष्ट लयमा रहेका अष्ट्रेलियाका पूर्व कप्तान स्मिथले लगातार दोस्रो खेलमा शतक बनाएका हुन । उनले ६४ बलमा २ छक्का र १४ चौकाको मद्दतमा १ सय ४ रन बनाए । पहिलो खेलमा स्मिथले १ सय ५ रन बनाएका हुन्। यस्तै डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेल्दै ८३ रन बनाए । मार्नुस लाबुसेनले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान आरोन फिन्चले ६० रनको अर्धशतकीय इनिङ्स खेले । अर्धशतकीय इनिङ्स खेलेका ग्लेन म्याक्सवेल ६३ रनमा अविजित रहे । भारतका मोहमद शामी र हार्दिक पाण्डयले समान १ विकेट लिए ।

अष्ट्रेलिया भ्रमणमा रहेको भारत ३ खेलको सिरिजमा १–० ले पछि रहेको छ । शुक्रबार भएको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको थियो । आज अष्ट्रेलिया जित निकाल्दै सिरिजमा कब्जा जमाउन चाहन्छ । भारतलाई भने सिरिज जोगाउन जित्नै पर्ने दबाब रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *