दोस्रो खेलमा पनि भारत पराजित, एकदिवसीय सिरिज अष्ट्रेलियालाई

डिसी नेपाल
१४ मंसिर २०७७ १८:०८

काठमाडौं । अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय खेलमा पनि भारत पराजित भएको छ । सिड्नीमा भएको खेलमा भारत अष्ट्रेलियासँग ५१ रनले पराजित भएको हो। योसँगै एकदिवसीय सिरिज अष्ट्रेलियाले जितेको छ। तीन खेलेको सिरिजमा भारत दुई खेलमा पराजित भएको हो ।

अष्ट्रेलियाले दिएको ३९० रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३३८ रन बनायो। भारतका लागि कप्तान विराट कोहलीले ८९ र के एल राहुलले ७६ रन बनाए भने अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् । अष्ट्रेलियाका प्याट कमिन्सले ३ विकेट लिए । यस्तै जोश हेजलवुड र एडम जाम्पाले २÷२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले ४ विकेट गुमाएर ३८९ रन बनाएको थियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले आक्रामक ब्याटिङ गर्दै सतक प्रहार गरे । उनले ६४ बलमा १४ चौका र २ छक्का प्रहार गरी १०४ रन बनाए । यस्तै कप्तान आरोन फिंचले ६० रन, डेभिड वार्नरले ८३, मार्नस लाबुशेनले ७० तथा ग्लेन म्याक्सवेलले ६३ रन बनाए ।

अब भारतले तेस्रो तथा अन्तिम एकदिवसीय खेल २ डिसेम्बरमा खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *