पोर्चुगल पठाईदिन्छु भन्दै १६ लाख ठगी

डिसी नेपाल
१५ मंसिर २०७७ १७:४५

काठमाडौँ । वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भनि नगद १६ लाख २५ हजार २ सय ५० रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने रुपन्देही ओमसतिया गाउँपालिका ६ घर भई काठमाडौं महानगरपालिका १६ सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरीलाई रहेका छन् ।

शिव नारायणले रुपन्देही जिल्लाका २ जना व्यक्तिहरूबाट उक्त रकम बैंक खातामा जम्मा गर्न लगाई अफर लेटर, भिषा लगायतका कागजातहरू नक्कली बनाई ठगी गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *