यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज ८ खेल हुँदै, लिभरपुल र एट्लेटिकोलाई जित्नै पर्ने दबाव

डिसी नेपाल
१६ मंसिर २०७७ १६:२४

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलमा मंगलवार राति ८ खेल हुँदैछन् । ८ वटा खेल हुने भएता पनि दर्शकको ध्यान भने साविक विजेता बायर्न म्युनिख र स्पेनिस क्लब एट्लेटिको मड्रिडबीचको प्रतिस्पर्धामा धेरै हुनेछ ।

समूह ए को बायर्न ४ खेलमा अपराजित रहदै १२ अंक जोडेर शीर्ष स्थानमा रहदै अन्तिम १६ मा पुगिसकेको छ । यता, घरेलु टिम भने बायर्नलाई हराएर अन्तिम १६ को यात्रा जीवित राख्न चाहन्छ । अर्को चरण प्रवेशका लागि एट्लेटिको गर वा मरको स्थितमा छ। उसले आजको खेल जित्नै पर्ने दबाव रहेको छ ।

समूहको दोस्रो स्थानमा रहेको एट्लेटिको ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ । यसै समूहको अर्को खेलमा लोकमोटिभ मस्कोले साल्जबर्गसँग खेल्नेछ ।

यस्तै मंगलवार रातिनै हुने अर्को खेलमा इंग्लिस क्लब लिभरपुलले एजेक्सको सामना गर्दैछ । दुवै टीम नकआउट चरणको लागि जित्नै पर्ने दबावमा हुनेछन् ।

३ खेलमा ९ अंक जोडेर गुप्रको शिर्ष स्थानमा रहे पनि लिभरपुललाई अर्को चरण प्रवेशका लागि जित अथवा ड्र आवश्यक छ ।एजेक्सलाई भने जितको लागि अनिवार्यता छ । लिभरपुलको घरेलु मैदानमा हुने खेल नेपली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ ।

यस्तै यहि समूहको अर्को खेलमा इटालियन क्लव अल्टनाले मिडजल्याण्डको सामना गर्दै छ । यो खेलमा जीत निकालेमा अल्टनाले अर्को चरण प्रवेश गर्ने छ  ।यस्तै, आजै हुने समूह बि को खेलमा स्पेनिस फुटबलको महारथी क्लव रियल मड्रिडले साक्तर डेनेस्को सामना गर्ने छ। यो खेल ११ः ४५ बजे सुरु हुने छ ।

सोही समूहको अर्को खेलमा इटालीयन क्लब इन्टरमिलानले मोन्चेन ग्लाडव्याचको सामना गर्ने छ । यो सिजन खराव प्रर्दशन गरेको इन्टरमिलान प्रतियोगिताबाट भने बाहिरी सकेको छ ।

यस्तै समूह सि को खेलमा इंगिलस क्लव म्यानचेस्टर सिटीले पोर्टोको सामना गर्दै छ । यि दुवै टोली एक खेल अगावै नका्आउट चरण प्रवेश गरसकेका छन् । यही समूहमा रहेको ओलम्पियाको र र्मासेलीबीच पनि आज राति नै प्रतिस्पर्धा हुने छ । यि दुवै टीम प्रतियोगिताबाट बाहिरीसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *