कोहलीको किर्तिमानसँगै भारतले अष्ट्रेलियालाई दियो ३ सय ३ रनको लक्ष्य
काठमाडौं। अष्ट्रेलिया भ्रमणमा रहेको भारतले तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अष्ट्रेलियासामु जितका लागि ३ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ। क्यानबेरामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २ रन बनायो।
खराव सुरुवात गरेको भारतका लागि पछिल्लाक्रमका ब्याट्स्म्यानले राम्रो ब्याटिङ गर्दा मध्यम स्कोर खडा गरेको हो। भारतका लागि पाचौं नम्बरका हार्दिक पाण्डयले अविजित रहदै ९२ रनको अर्धशतकीय इनिङ्स खेल्दा छैटौं नम्बरम ब्यटिङमा मैदान उत्रिएका रविन्द्र जडेजाले अविजित ६६ रन बनाए। यस्तै कप्तान विराट कोहलीले पनि ६३ रनको अर्धशतकीय इनिङ्स खेले।
यससँगै कोहलीले एकदिवसीय क्रिकेटमा सर्वाधिक कम इनिङ्समा १२ हजार रन पुरा गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा बनएका छन्। यो क्रममा कोहलीले २ सय ४२ इनिङ्समा १२ हजार रन पुरा गरेर कीर्तिमान बनाएका हुन्। कोहलीले पूर्व कप्तान सचिन तेन्दुलकरको नाममा रहेको कीर्तिमान भङ्ग गरेका हुन् । तेन्दुलकरले ३ सय इनिङ्समा १२ हजार रन पुरा गरेका थिए।
अष्ट्रेलियाका लागि एस्टन अगरले २ विकेट लिए । आज भारत अन्तिम खेल जित्दै सान्त्वना जित निकाल्न ध्याउन्नमा हने छ। अष्ट्रेलिया भने अन्तिम खेलमा जित निकाल्दै सिरिज क्लिनस्विप गर्न चाहन्छ ।
३ खेलको एकदिवसीय क्रिकेटमा सिरिज अष्ट्रेलियाले एक खेल अगावै २–० ले जितिसकेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment