अन्तिम एकदिवसीय खेलमा भारत विजयी

डिसी नेपाल
१७ मंसिर २०७७ १७:२१

काठमाडौं । अष्ट्रेलियासँगको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारत विजयी भएको छ । तीन खेलको सिरिज अन्तर्गत सुरुवाती दुई खेलमा पराजय ब्यहोरेको भारतले अन्तिम खेलमा भने जित हासिल गरेको हो । बुधबार क्यानबेरामा भएको खेलमा भारत १३ रनले विजयी भएको हो ।

भारतले दिएको ३०३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २८९ रन बनायो । त्यसका लागि कप्तान फिंचले ८२ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ७५ रन तथा ग्लेन म्याक्सवेलले ३८ बलमा ४ छक्का र ३ चौका लगाउँदै ५९ रन बनाए । यस्तै एलेक्स क्यारीले ३८ रन बनाए पनि अन्य खेलाडीले राम्रो रन जोड्न सकेनन् । भारतका शार्दुल ठाकुरले ३ तथा नटराजन र जस्प्रित बुमराहले २÷२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३०२ रन बनाएको थियो । त्यसका लागि कप्तान विराट कोहली, हार्दिक पांड्या र रविन्द्र जडेजाले अर्धसतक प्रहार गरे । कप्तान कोहलीले ६३ रन बनाए । यस्तै हार्दिकले ९२ तथा जडेजाले ६६ रन बनाउँदै नटआउट रहे । अष्ट्रेलियाका एस्टन अगरले २ विकेट लिए ।

योसँगै भारत र अष्ट्रेलियाबीचको एक दिवसीय सिरिज सकिएको छ । जसमा अष्टैलियाले २ खेल जितेर सिरिज आफ्नो नाम ग¥यो भने भारतले अन्तिम खेलमा जित हासिल गर्दै क्लीन स्वीप हुनबाट जोगियो । अब दुई देशले टी२० र टेष्ट सिरिज खेल्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *