भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९५ लाखनजिक

रासस
१७ मंसिर २०७७ १८:२०

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९५ लाखनजिक पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । भारतमा मंगलबार थप ३६ हजार ६०४ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख ९९ हजार ४१४ पुगेको सो मन्त्रालयले जानकारी दिएको हो । जसमध्ये ८९ लाख ३२ हजार ६४७ व्यक्ति संक्रमणमुक्त भएका छन् ।

सो मन्त्रालयका अनुसार हाल ४ लाख २८ हजार ६४४ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २५ औं दिन हो । भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ५०१ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३८ हजार १२२ पुगेको छ ।

भारतभरी सव भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्र रहेको र यहाँँ ९० हजार १६८ सक्रिय संक्रमित रहेका छन् । महाराष्ट्रमा १६ लाख ९१ हजार ४१२ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् । यस भाइरसको संक्रमणको कारण यहाँ ४७ हजार २४६ व्यक्तिको मृत्यु भएको छ ।

राजधानी समेत रहेको दिल्ली राज्यमा ३१ हजार ७६९ व्यक्ति सक्रिय संक्रमित रहेका र ५ लाख ३३ हजार ३५१ कोरोना मुक्त भएका छन् भने संक्रमणको कारण ९ हजार २६० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १४ करोड २४ लाख ४५ हजार नमूना परीक्षण गरेको जनाएको छ । हिजो एकै दिनमा १० लाख ९६ हजार ६५१ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको समाचारमा जनाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार भारतमा ९३।९४ प्रतिशत कोरोना भाइरसको संक्रमण निको भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *