‘म युरोपा लिग खेल्न पिएसजी आएको होइन’

डिसी नेपाल
१९ मंसिर २०७७ १२:३३

काठमाडौं। पेरिस सेन्ट जर्मेनका ब्राजिलियन स्टार नेयमारले आफू युरोपा लिग खेल्न पिएसजी नआएको बताएका छन् । बुधबार च्याम्पियन्स लिगमा म्यान्चेस्टर युनाइडेडमाथि ३–१ को जित हात पार्दा पनि टिमको युरोपमा पछिल्लो प्रदर्शनप्रति उनले असन्तुष्टि जनाएका हुन् । युरोपियन लिगमा क्लवको कमजोर प्रदर्शनप्रति आक्रोश व्यक्त गर्दै नेयमारले आफु पिएसजीमा युरोपा लिग खेल्न नआएको बताएका हुन् ।

म्यान्चेस्टर युनाइडेडमाथिको यो जीतले अघिल्लो सिजनको फाइनलिस्ट पिएसजीलाई लिगको नकआउट चरणमा प्रवेशको लागि बलियो आधार तयार गरेको छ । उसले अबको खेल कमजोर इस्तानबुल बासासँग खेल्दैछ र यो खेल जितेमा उसले नकआउटको यात्रा तय गर्नेछ । यो खेल बराबरी खेल्दा समेत पिएसजी नकआउट पुग्ने सम्भावना रहन्छ किनकि गोल अन्तरका आधारमा पिएसजी शीर्षमा छ ।

यो खेल हारेको अवस्थामा पनि पिएसजी नकआउट पुग्ने सम्भावना रहन्छ तर त्यसको लागि यही समूहको अर्को खेलमा म्यान्चेस्टर युनाइटेड र आरबी लेपजेगबीचको खेलमा हारजित हुनै पर्छ । यदि पिएसजी हारेको अवस्थामा युनाइटेड र लेपजेगले बराबरी खेलिदिए भने यी दुवै नकआउन पुग्नेछन् र पिएसजी बाहिरिनेछ ।

‘तपाइँ च्याम्पियन्स लिगको सपना देख्न छोड्न सक्नुहुन्न र आज हामी पुनः सपना देख्न सक्षम भएका छौं’ नेयमारले भने ‘मैले आफूलाई कहिल्यै पनि च्याम्पियन्स लिगबाट बाहिर रहेको कल्पना गरेको छैन । मैले कहिल्यै आफू युरोपा लिग खेलिरहेको कल्पना गरेको छैन र कहिल्यै हुने छैन । ती पलहरु मेरो मस्तिस्कमा आउँछन् तर म पिएसजीमा युरोपा लिग खेल्नको लागि आएको होइन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *