भारतले अष्ट्रेलियालाई दियो १६२ रनको लक्ष्य

डिसी नेपाल
१९ मंसिर २०७७ १५:४७

काठमाडौं । पहिलो टी२० मा भारतले अष्ट्रेलियालाई १६२ रनको लक्ष्य दिएको छ । क्यानबेरामा भएको खेलमा भारतले पहिला ब्याटिङ गर्दै १६१ रन बनाएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो । भारतका लागि रविन्द्र जडेजाले विस्फोटक ब्याटिङ गरे । उनले ५ चौका र १ छक्का प्रहार गरि ४३ रनमा नट आउट रहे । यस्तै केएल राहुलले ४० बलम ५ चौका र १ छकका प्रहार गर्दै ५१ रन बनाए भने संजु सामसनले २३ तथा हार्दिक पांड्याले १६ रन बनाउँदा अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।अष्ट्रेलियाका मोईज हेनरिक्सले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *