टोकियो ओलम्पिकमा थप २ अर्ब ४० करोड खर्च हुँदैछ : आयोजक

डिसी नेपाल
१९ मंसिर २०७७ १७:०२

टोकियो । कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोकियो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले शुक्रबार जनाएको छ ।

आयोजक समिति टोकियो २०२० ले खेलमा भएको ढिलाईका कारण संचालन खर्चमा थप १ अर्ब ५० करोड डलर लाग्ने तथा कोरोनाभाइरसबाट खेलमा सहभागीलाई जोगाउन थप ९० करोड डलर खर्च हुने बताएको छ । यसै वर्ष २०२० मा हुनुपर्ने टोकियो ओलम्पिक आगामी वर्ष सन् २०२१ मा हुँदैछ ।

डलर र जापानी येनको परिवत्र्य दरमा हुने फेरबदलले पनि लागत खर्च अरु बढाउने आयोजकको भनाई छ ।

टोकियो ओलम्पिक खेलमा लागत बढ्दै गएपछि जापानी नागरिकबीच मत विभाजन भएको छ । केहीले महामारीको अवस्थामा खेल आयोजना पूरै रोक्ने वा खेल नै रद्द गर्नेतर्फ जापान सरकारले ध्यान दिनुपर्ने बताउँदै आएका छन् ।

यद्यपी थप लागतको व्ययभार जापान सरकार, टोकियो शहर र आयोजकले व्यहोर्ने सहमति भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *