अष्ट्रेलियाविरुद्धको टी२० सिरिजमा भारतको विजयी सुरुवात

डिसी नेपाल
१९ मंसिर २०७७ १७:५२

काठमाडौं । अष्ट्रेलियाविरुद्धको टी२० सिरिजमा भारतको विजयी सुरुवात गरेको छ । शुक्रबार क्यानबेरामा भएको खेलमा घरेलु टोली अष्ट्रेलियनलाई ११ रनले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको हो ।

भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५० रन बनायो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ३५ तथा डी’आर्सी सटले ३४ रन बनाए । यस्तै मोईज हेनरिक्सले ३० रन बनाउँदा अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । भारतका डेब्यु खेलाडी नटराजन र युजवेन्द्र चहलले ३/३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो । भारतका लागि रविन्द्र जडेजाले विस्फोटक ब्याटिङमा ५ चौका र १ छक्का प्रहार गरि ४३ रनमा नट आउट रहे । यस्तै केएल राहुलले ४० बलम ५ चौका र १ छकका प्रहार गर्दै ५१ रन बनाए भने संजु सामसनले २३ तथा हार्दिक पांड्याले १६ रन बनाउँदा अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।अष्ट्रेलियाका मोईज हेनरिक्सले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए ।

जितसँगै भारतले तीन खेलको सिरिजमा अग्रता बनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *