न्यूजल्याण्ड विरुद्धको पहिलो टेस्टमा वेष्ट इन्डिज फलो अनमा

डिसी नेपाल
२० मंसिर २०७७ ११:१२

काठमाडौं। न्युजिल्याण्ड भ्रमणमा रहेको वेस्ट इन्डिज पहिलो टेस्टमा फलो अनमा परेको छ। ह्यामिल्टनमा जारी टेस्टको तेस्रो दिन शनिबार पहिलो पारीमा १ सय ३८ रनमा सेमेटिन वेस्ट इन्डिज फलो अनमा परेको हो। खराब सुरुवात गर्दै वेस्ट इन्डिज पहिलो इनिङ्समा ३ सय ८१ रनले पछि परेको छ।

वेस्ट इन्डिजका लागि जोन क्यापबेलले २६, कप्तान जासन होल्डरले अविजित २५, जेर्मिने ब्लाकउडले २३ र कार्लोस ब्रेथवेटले २१ रन बनाए । चोटका कारण वेस्ट इन्डिजका शेन डरिचले ब्याटिङ गरेनन्।

बलिङमा उत्कृष्ट प्रर्दशन गरेका न्युजिल्याण्डका टिम साउथेले ४ विकेट लिदा नेल वाग्नेरले ३ तथा केली जेमिसनले २ विकेट लिए।
यस अघि न्युजिल्याण्डले शुक्रबार ७ विकेट गुमाएर ५ सय १९ रन जोडेर इनिङ्स समाप्तिको घोषणा गरेको छ ।

न्युजिल्याण्डको उच्च स्कोरमा कप्तान केन विलियम्सनले २ सय ५१ रनको दोहोरो शतकीय इनिङ्स खेले । टेस्टमा विलियम्सनको यो तेस्रो दोहोरो शतक हो।

वेस्ट इन्डिजका केमार रोच र शानन ग्राबियलले समान ३ विकेट लिए। न्युजिल्याण्ड भ्रमणमा रहेको वेस्ट इन्डिजले घरेलु टिमसँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *