बार्सिलोनाको अप्रत्यासित हार

डिसी नेपाल
२१ मंसिर २०७७ ११:११

काठमाडौं। स्पेनिस महारथी क्लब बार्सिलोनाले ला लिगा फुटबलमा काडिजसंग अप्रत्यासित हार बेहोरेको छ। शनिबार घरेलु मैदानमा काडिजले ऐतिहासिक जित हात पार्यो। काडिजले झण्डै २० वर्षपछि पहिलो पटक बार्सिलोनालाई २–१ गोल अन्तले पराजित गरेको हो।

उसले ला लिगामा बार्सिलोनासँग ४ अंकको अग्रता लिएको छ। बार्सिलोना १४ अंकसहित सातौं स्थानमा छ। काडिज १८ अंक सहित पाँचौ स्थानमा छ।

अल्भारो जिमेनेजले काडिजलाई सुरुवाती अग्रता दिलाएका थिए। काडिजका खेलाडीले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेल बराबरी गरेको थियो।

बार्सिलोनाको कमजोर डिफेन्सको फाइदा उठाउँदै नेगरेडोले घरेलु टोलीलाई अप्रत्यासित जित दिलाउन सफल रहे।
बार्सिलोनाले पछिल्ला ७ मध्य ६ खेलमा जित निकालेको छ। तर १० खेलको समाप्तिमा शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा क्लब १२ अंकले पछि परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *