दोस्रो टी–२० मा अस्ट्रेलियाले भारतलाई दियो विशाल लक्ष्य

डिसी नेपाल
२१ मंसिर २०७७ १५:३७

काठमाडौं । दोस्रो टी–२० मा घरेलु टोली अस्ट्रलियाले भारतलाई १९५ रनको विशाल लक्ष्य दिएको छ । सिड्नीमा भएको खेलमा पहिला ब्याटिङ गर्दै १९४ रन बनाएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले शानदार ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनायो । त्यसका लागि कप्तान म्याथु वेडले अर्धसतक प्रहार गरे । उनले ३२ बलमा १० चौका र एक छक्काको मदतमा ५८ रन बनाए । यस्तै स्टेभन स्मिथले ४६ रन बनाउँदा मोईज हेनरिक्सले २६ तथा ग्लेन म्याक्सवेलले २२ रन बनाए । भारतका लागि नटराजनले २ विकेट लिए ।

अस्ट्रलियाको भ्रमणमा रहेको भारतले अहिले टी२० सिरिज खेलिरहेको छ । यसअघि भएको एकदिवसीय सिरिजमा अस्ट्रेलिया विजयी भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *