प्रिमियर लिगः शीर्ष स्थानको खोजिमा लिभरपुल र टोटेनहम

डिसी नेपाल
२१ मंसिर २०७७ १६:४०

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज साविक विजेता लिभरपुलले उल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ । लिभरपुलले घरेलु मैदानमा उल्भ्ससँग खेल्नेछ । लिभरपुल र उल्भ्सबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा लिभरपुल उल्भ्सविरुद्ध सहज जितको खोजीमा हुनेछ । लिभरपुल उल्भ्सलाई हराएर शीर्ष स्थानमा उक्लने योजनामा समेत हुनेछ । लिभरपुल २१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । उल्भ्सलाई हराउँन सके लिभरपुल शीर्ष स्थानमा उक्लनेछ ।

उल्भ्स १७ अंक जोडेर दशौँ स्थानमा रहेको छ । यस्तै आज अर्को खेलमा टोटेनहम र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १०ः१५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा टोटेनहम जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ । टोटेनहम १० खेलमा २१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । आर्सनल भने १३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *