अस्ट्रेलियामाथि भारतको सनसनीपूर्ण जित, एक खेल बाँकी रहँदै श्रृंखला कब्जा
काठमाडौं। अस्ट्रेलियाविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा भारतले सनसनीपूर्ण जित निकालेको छ। सिड्निमा आइतवार सम्पन्न खेलमा भारतले अष्टे«लियालाई ६ विकेटले पराजित गर्यो।
पाहुना टोलि भारतले दोस्रो टी–ट्वान्टीमा जित निकालेसँगै तिन खेलको सिरिज एक खेल अगावै जतेको छ।
जितका लागि १ सय ९५ रनको लक्ष्य पाएको भारतले अन्तिम दुई बल बाँकी छँदै लक्ष्य पुरा गर्यो। भारतका लागि ओपनिङ ब्याट्स्म्यान शिखर धवनले सर्वाधिक ५२ रनको अर्धशतकिए इनिङस खेले। यस्तै कप्तान बिराट कोहलीले ४० रन जोड्दा हार्दिक पाण्ड्येले अविजित ४२ रन जोडे।
अस्ट्रेलियाका एडम जाम्पा, मिचेल स्विपसन, ड्यानियल स्याम्सले र एन्डु« टाएले समान एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो।
अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेले । नियमित कप्तान एरोन फिन्चले भने आजको खेल खेलेनन्। यस्तै स्टिभ स्मिथले ४६ रन जोड्दा मोइसेस हेन्रिक्सले २५ रन बनाए। ग्लेन म्याक्सवेलले २२ रन जोड्दा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए।
भारतका टी नटराजनले २ तथा सार्दुल ठाकुर र युजभेन्द्र चाहलले १ र १ विकेट लिए।
तीन खेलको टी ट्वान्टी सिरिजमा अव अन्तिम खेल मंगलबार हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment