प्रतिस्प्रर्धात्मक खेलमा जित निकाल्दै साउथह्याम्टन उक्लियो शीर्ष पाँचमा
काठमाडौं। प्रिमियर लिग फुटबलमा साउथह्याम्टन वीजयी भएको छ। सोमबार राति भएको खेलमा साउथह्याम्टनले घरेलु टोली ब्राइटोनलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
तालिकाको शीर्ष ५ मा उक्लिएको हो। खेलमा अग्रता लिए पनि जोगाउन नसक्दा ब्राइटोन पराजय खेप्न बाध्य भयो। खेलको २६ औं मिनेटमा ब्राइटोनले पास्कल सकलको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा जानिक वेस्टरगार्डले पाहुना टोलीका लागि गोल गर्दै खेल बराबरीमा ल्याए।
प्रतिस्प्रर्धात्मक खेलमा ड्यानी इग्सले साउथह्याम्टनका लागि खेल सकिन ९ मिनेट अघि विजयी गोल गरेका थिए। जितपछि साउथह्याम्टन २० अंक सहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। यस्तै १० अंक बटुलेको ब्राइटोन १६ अंक सहित तालिकाको १६ औं स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment