सगरमाथाको उचाइ बढ्यो
काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ। सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर भएको छ।
चीन र नेपालको संयुक्त सर्वे टोलीले गरेको मापनपछि सगरमाथाको नयाँ उचाइ पत्ता लागेको हो। सगरमाथाको उचाइ घोषणा गर्न आज आयोजित पत्रकार सम्मेलनमा यसको घोषणा गरिएको हो।
नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो।
१० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो। चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको हो।
भारतले पहिलोपटक सन् १९५५ मा मापन गरेको आधारमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मानिँदै आएको छ। नेपालले त्यसलाई आधिकारिक मान्यता दिएको थियो।
कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका चिनियाँ समकक्षी वाङ यीले सम्बोधन गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment