अमेरिकी उपराष्ट्रपतिले लगाए कोभिड खोप

डिसी नेपाल
३ पुष २०७७ २१:२३
364
Shares

वासिङ्टन । आफ्ना नागरिकहरूमा खोपको प्रयोगका लागि प्रोत्साहन गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स तथा उनकी श्रीमतीले शुक्रबार कोभिड–१९ विरुद्धको खोप सेवा लिएका छन् ।

नागरिकमा खोप प्रयोगका लागि आत्मविश्वास बढाउनका लागि दिइएको उक्त खोप अमेरिकी टेलीभिजनहरूले प्रत्यक्ष प्रशारण गरेका थिए ।

ह्वाइट हाउसमा खोप लिएपछि अमेरिकी उपराष्ट्रपति पेन्सले भने, “कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि सर्वसाधारणमा आत्मविश्वास बढाउन मैले यो सेवा सुरुमा नै लिएको छु । खोपको प्रयोगपछि मलाई शरिरमा कुनै भिन्नता महशुस भएको छैन ।”

अमेरिका विश्वकै सबैभन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने यहाँ कोभिड सङ्क्रमित करिब तीनलाख १८ हजार मानिसको मृत्यु भएको छ । सङ्क्रमणका हिसाबले अमेरिका, भारत, ब्राजिल, रूस र फ्रान्स विश्वका बढी प्रभावित मुलुक हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *