जाजरकाेटमा दुई वर्षपछि बल्ल खाद्यान्न ढुवानी

डिसी नेपाल
७ पुष २०७७ १०:०१
60
Shares

जाजरकाेट । निरन्तरको ताकेतापछि उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी कार्य शुरु भएको छ। सुर्खेतबाट उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि तीन हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको छ।

उक्त परिमाणमध्ये ४४० क्विन्टल चामल दुनै पुगेको छ। छार्काताङसोङ गाउँपालिकाको ढारगाउँमा १०० क्विन्टल चामल पुगिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए। उनका अनुसार झण्डै एक हजार क्विन्टल चामल बाटोमा जाँदैछ। सदरमुकाम दुनैसम्म यातायातका साधन हुँदै सोभन्दा माथि खच्चडमा ढुवानी गरिएको उनको भनाइ छ।

चीनको बाटो हुँदै खाद्यान्न ढुवानी हुँदै आएकामा यो वर्ष नेपाली भूमिबाट नै खाद्यान्न ढुवानी कार्य भएको हो। कोरोनाका कारण चीनले नाका बन्द गरेपछि सुर्खेतबाट चामल ढुवानी गरिएको छ। दिनेश निर्माण सामग्री सप्लायर्स बाँकेले चामल ढुवानीको जिम्मा लिएको छ । सप्लायर्सले सुर्खेतबाट डोल्पोबुद्धको धो, छार्काताङसोङको ढारगाउँ र शेफोक्सुण्डोको साल्दाङसम्म चामल ढुवानी गर्नेछ। धोसम्म आठ हजार ४८०, ढारगाउँसम्म नौ हजार ४९० र साल्दाङसम्म १० हजार ९९५ प्रतिक्विन्टल चामल ढुवानी भइरहेको हो।

माथिल्लो डोल्पाका स्थानीयवासीले अनुदानको मोटो चामल चार हजार ९०० र जिरामसिनो चामल रु छ हजार ६०० मा किन्न पाउने कम्पनीले जनाएको छ। यसअघि स्थानीयवासी बजारबाट महङ्गो मूल्यमा चामल खरिद गरी उपभोग गर्न बाध्य थिए। डोल्पाका ग्रामीण बजारमा प्रतिक्विन्टल रु १२ देखि २० हजारमा चामल बिक्री भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *