नागढुंगा–नौबीसे सुरुङमार्गमा ‘ब्रेक्थ्रु’

डिसी नेपाल
९ पुष २०७७ ६:३३
168
Shares

काठमाडौं। नागढुंगा–नौबीसे सुरुङमार्ग आयोजनाको सुरुङ (टनेल) खन्ने काममा ब्रेक्थ्रु भएको छ । मंगलवार आयोजनाले टनेल खन्ने काम शुरू गरेपछि १४ महीनाअघि शिलान्यास भएको सुरुङमार्गमा ब्रेक्थ्रु भएको हो । सुरुङमार्गका एप्रोच वेलगायत निर्माण भने यसअघि नै शुरू भइसकेको छ ।

सडक सञ्जालमा पहिलो मानिएको नागढुंगा–नौबीसे सुरुङमार्गको मुख्य काम शुरू भए पनि विभिन्न राष्ट्रिय राजमार्गहरूमा निर्माण गर्ने भनिएका तथा द्विपक्षीय सरकारबीच सहमति भएका अन्य सुरुङमार्ग आयोजनाहरू भने अध्ययनमा मात्रै सीमित देखिएका छन् । यो आयोजनाबाहेक सिद्धबाबा सुरुङमार्ग निर्माणको प्रक्रिया पनि केही अघि बढेको छ ।

सडक विभागका अनुसार हाल सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि बिडिङ–डकुमेन्ट स्वीकृतिका लागि सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) मा २ महीनाअघि पठाइएको छ । पीपीएमओबाट स्वीकृत नहुँदा टेन्डर आह्वान हुन सकेको छैन ।

विभागका प्रवक्ता शिवहरि सापकोटाले बिडिङ–डकुमेन्ट स्वीकृत भएपछि मात्रै टेन्डर आह्वान गरिने र चालू आर्थिक वर्षमै टेन्डर निस्कने सम्भावना रहेको बताए । यस सुरुङमार्गका लागि अर्थ मन्त्रालयले समेत स्रोत सुनिश्चित गरिसकेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *