परीक्षार्थी बनेर इपीएस भाषा परीक्षा दिने एक शिक्षक पक्राउ
सांकेतिक तस्बिर
काठमाडौं। दक्षिण कोरिया जानको लागि पास गर्नैपर्ने ईपीएस भाषाको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको लामो अनुसन्धानपछि बागबजार स्थित ‘सेन्सेगेट कन्सल्टेन्सी’का प्रशिक्षक उत्तममान लिम्बु पक्राउ परेका हुन्।
कोरियन भाषाका शिक्षक लिम्बुले विद्यार्थीसँग पैसा लिएर आफैंले जाँच दिने गरेको खुलेको छ। लामो समयदेखि सो धन्दा गरिरहका उनलाई महाशाखाको टोलीले मंगलबार कालोपुलबाट पक्राउ गरेको हो।
विद्यार्थीको प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर परिक्षा दिने लिम्बुले प्रतिविद्यार्थी ७ लाख असुल गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। अर्का एक कोरियन भाषा शिक्षकसँग मिली उनीहरुको समूहले अहिलेसम्म ५० जनाभन्दा बढीको जाँच दिइसकेका छन्।
पक्राउ परेका लिम्बुलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहको बताइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment