महिलालाई यौन उत्पीडन एवं हैरानी दिएको अभियोगमा २ जना पक्राउ

डिसी नेपाल
९ पुष २०७७ १९:०८
360
Shares

काठमाडौं । महिलालाई यौन उत्पीडन एवं हैरानी दिएको अभियोगमा प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले २ जनालाई मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–४ पारिजात पथ बस्ने ३६ वर्षीय अस्लम अन्सारी र गोरखा घर भई हाल ललितपुर गोदावरी नगरपालिका–११ चापागाउँ बस्ने २० वर्षीय रोलक बहादुर थापा रहेका छन् । अस्लमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतको सहयोगमा हेटौंडाबाट र रोलक बहादुरलाई ललितपुरबाट पक्राउ गरिएको हो ।

अस्लमले मकवानपुर घर भई बैङ्ककको थाईल्याण्ड बस्ने आफ्नै महिला साथीको अर्धनग्न, नग्न तस्बिर तथा भिडियो फेक आईडी तथा ई–मेलबाट पोर्न साईट समेतमा अपलोड गर्नुको साथै ती तस्वीर तथा भिडियोहरु उक्त पोर्नसाईटबाट हटाउनको लागि १ हजार ९८ अमेरिकी डलर माग गरी ब्ल्याकमेल गर्दै यौन उत्पीडन दिने र दुःख हैरानी दिने कार्य गरेको खुल्न आएको छ । साथै रोलकले फेसबुकमा फेक आईडी बनाई आफन्त तथा नजिकका साथीहरूलाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउने, यौनअश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने, हैरानी दिने कार्य गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका व्यक्तिहरू उपर थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *