दुई किलो चरेशसहित दुई जना पक्राउ

डिसी नेपाल
९ पुष २०७७ २२:०१

कैलाली । कैलालीमा लागु औषध चरेशसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालीका–३ स्थित विशालनगरबाट बझाङको बित्थडचिर गाउँपालिका–२ का करन बोहरा र सोही ठाउँका जयबहादुर बोहरालाई दुई किलो ९०० ग्राम चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । उनीहरुबारे थप अनुसन्धान भई रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *