सडकपेटीमा बस्न बाध्य व्यक्तिलाई सहयोग
फाइल फाेटाे
काठमाडौं । हाम्रो टिम नेपालले सडक पेटीमा बस्न बाध्य ६५ व्यक्तिलाई निःशुल्क खाना र कम्बल वितरण गरेको छ । हाम्रो टिम नेपालले आज बिहान थापाथलीस्थित प्रसूति गृह पछाडि कोभिड–१९ का कारण रोजगारी गुमाएर भोकै परेका मानिसलाई खाना खुवाउनुका साथै जाडोको समयमा रात काट्न सहज बनाउनका लागि कम्बल वितरण गरेको हो ।
जाडो समयमा न्यानो कपडाको आवश्यकता पर्नेको समस्यालाई ध्यान दिएर विभिन्न दाताबाट प्राप्त भएको ब्लाङ्केट वितरण गरिएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले जानकारी दिए । “भोक, नाङ्गो र भेदभावमुक्त राष्ट्र निर्माणअन्तर्गत घरबारविहीन भई सडक पेटीमा बस्न बाध्य मानिसलाई जाडो समयमा प्रयोग गर्ने कम्बल वितरण गरेका हौँ”,उनले भने ।
हाम्रो टिम नेपालले कोभिडका कारण गत चैत ११ गतेदेखि देशभर बन्दाबन्दी भएपछि रोजगारी गुमाएर खाना खान नपाएका व्यक्तिलाई निःशुल्क खानासमेत खुवाउँदै आएको छ । यस्तै लामो समयदेखि उखुको भुक्तानी नपाएर माइतीघरमा आन्दोलन गर्दै आएका उखु किसानलाईसमेत हाम्रो टिम नेपालले सहयोग गरेको अध्यक्ष पन्तले बताए ।
No ads found for this position



Facebook Comment