सशस्त्र प्रहरीमा सात डिआइजीका लागि दर्जन एसएसपी प्रतिस्पर्धामा

डिसी नेपाल
१२ पुष २०७७ ८:११

काठमाडौं । सशस्त्र प्रहरीमा सा डिआइजीका लागि बढुवा प्रकृया शुरु भएको छ। सशस्त्र प्रहरी मुख्यालय मानवस्रोत विभागले बढुवाको लागी सूचना प्रकासित गर्दै प्रकृया अघि बढाएको हो।

गृहमन्त्रालयले सचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठन गरेको बढुवा समितिले सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउन आग्रह गरेको छ।

सशस्त्रमा नेपाली सेनाबाट सेवा परिवर्तन गरी सशस्त्रमा आएका र हाल सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहेका नगेन्द्र थापा, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कविन्द्रमान श्रेष्ठले २७ मंसिरबाट अनिवार्य अवकाश पाएपछि बढुवाको बाटो खुलेको थियो।

सशस्त्र प्रहरीमा सात जना डिआईजीको लागी एक दर्जन एसएसपीहरु प्रतिस्पर्धामा रहेका छन्। सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको संयोजकत्वमा तीन सदस्यीय समिति हुने व्यवस्था छ। ज

समा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहनेछन्।

बढुवाका लागी कार्यसम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठता बापत २० अंक, भौगोलिक क्षेत्रमा काम गरेबापत ८ अंक, शैक्षिक योग्यता बापत ७ अंक, तालिमबापत १३ अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५ अंक, विभूषण बापत २ अंक र बढुवा समितिले दिने अंक बापत ५ अंक दिन पाउने व्यवस्था छ।

सशस्त्र प्रहरीमा वरियताकै आधारमा शम्भु सुवेदी, गणेशबहादुर ठाडामगर, दुर्गाप्रसाद भट्टराई र कमल गिरी पहिलो प्रतिस्पर्धी हुन्। एसएसपी ठाडामगर हाल सशस्त्रको इन्टेलिजेन्स विभागको प्रमुख छन्।

एसएसपी भट्टराई सशस्त्र प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान र गिरी बराह बाहिनीमा कार्यरत छन्। उनीहरू चार जना १७ चैत २०७३ मा एसएसपीमा एकै दिन बढुवा भएका थिए। त्यसपछि उनिहरुकै ब्याचका बैकल्पिक रहेका एसएसपी कुलबहादुर नेम्वाङ त्यसको केही समयपछि एसएसपीमा बढुवा भएका थिए।

एसएसपीहरु कालीदास धौबजी, कुमार न्यौपाने, विदुर खड्का, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक बढुवाको लागी प्रतिस्पर्धामा छन्। यस्तै लामो समयदेखि आर्थिक प्रशासन महाशाखामा रहेका अभिकुमार खत्री पनि बढुवाको सूचीमा रहेका छन् । उनी निमित्त बाहिनीपति पनि हुन्। डिआइजीको बढुवा लगत्तै सशस्त्र प्रहरीमा एसएसपीको बढुवा पनि हुने भएका छन्। डिआइजीको बढुवापछि सशस्त्र प्रहरीमा बढुवा प्रकृया अवरोध नहुने एक अधिकारीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *