नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय मातृभाषा कविता महोत्सव गर्ने (सूचनासहित)

डिसी नेपाल
१३ पुष २०७७ १०:३१
60
Shares

काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय मातृभाषा काविता महोत्सवको आयोजना गर्ने भएको छ। यहि फागुन ९ गते अन्तराष्ट्रिय मातृभाषा दिवका अवसरमा उक्त कविता महोत्सव गर्न लागिएको हो।

प्रतिष्ठानले एक सूचना जारी गर्दै नेपाली भाषा वाहेकका इच्छुक मातृभाषी कविहरुले १५० शब्दसम्मको कविता दर्ता गराउन सकिने जानकारी दिएको छ।

सूचनामा भनिएको छ, ‘मातृभाषामा लेखेको कविता नेपाली अनुवाद सहित ए४ साइजको पेपरमा अनिवार्यरुपमा कम्युटर टाइप गरेर २०७७ माघ २५ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा आइपुग्ने गरी पठाउन अनुरोध गरिएको छ।’

सूचनामा उक्त कविताको सफ्ट कपी र व्यक्तिगत विवरण इमेलमार्फत पठाउन पनि अनुरोध गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *