नाबालिग सालीलाई भिनाले बिहेका लागि भन्दै…
सांकेतिक तस्बिर
काठमाडौं (एजेन्सी)। भारतमा एक नाबालिग युवतीलाई आफ्ना भिनाजुले बिहेका लागि भन्दै पटक पटक बेचेको खुलासा भएको छ।
भारतको छत्तिसगढ राज्यकी ती नाबालिगलाई उनकै भिनाजुले मध्य प्रदेश राज्यको उज्जैनमा बेचेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
समाचार अनुसार ती बालिकालाई बेच्ने कार्यक्रमा उनका भिनाजुलाई आफ्नै दिदीले पनि सहयोग गरेकी थिइन्।
प्रहरीले दिदी भिनाजु र दुबै बेहुलालाई गिरफ्तार गरेको छ। प्रहरीले बलत्कार र पोक्स कानून अनुसार मुद्दा चलाइने बताएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment