क्रोएसियामा दोस्रो दिन पनि शक्तिशाली भूकम्प
जागरेब (एजेन्सी)। यूरोपेली मुलुक क्रोएसियामा लगातार दोश्रो दिन पनि शक्तिशाली भूकम्प गएको छ। मंगलबार राजधानी जागरेबमा ६.३ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
सोमबार पनि क्रोएसियामा ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पबाट जनधनको क्षति भएको बताइएको छ। तर, यकिन विवरणहरु भने प्राप्त हुन सकेका छैनन्।
युरोपियन भूमध्यसागरीय भूकम्प मापन केन्द्रका अनुसार राजधानी जागरेबबाट ४६ किलोमिटर दक्षिण पूर्वमा उक्त भूकम्पको केन्द्र रहेको छ
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment