कोरोना विरुद्धको भ्याक्सिन लगाएको केही दिनपछि नर्सलाई कोरोना पोजेटिभ
काठमाडौं। अमेरिकामा फाइजरको भ्याक्सिन लगाएको केही दिन भित्रै एक जना नर्सलाई कोरोना पोजेटिभ भएको छ। ४५ वर्षकीले १८ डिसेम्बरमा कोरोना विरुद्धको भ्याक्सिन लगाएकी थिइन्। भ्याक्सिन लगाएको ६ दिनपछि उनमा कोरानाको लक्षण देखिएको थियो।
एबीसी न्यूजका अनुसार अमेरिकाको स्यान डियागोकी नस म्याथ्यू डब्ल्यूले भ्याक्सिन लगाएपछि उनका हल्का साइड इफेक्ट देखिएको थियो। सुरुमा उनको हात दुखेको थियो।
म्याथ्यू कोरोना वार्डमा काम गर्थिन्। भ्याक्सिन लगाएको ६ दिनपछि उनमा कोरोनको लक्षण देखिएको थियो। पछि कोरोना टेस्ट गराउँदा उनमा पोजेटिभ देखिएको थियो। विज्ञहरुका अनुसार भ्याक्सिन लगाएको कोही दिनभित्र कोरोना पोजेटिभ देखिनु अप्रत्यासित होइन।
अमेरिकाको स्यान डियागोका संक्रामक रोग विशेषज्ञ क्रिस्टियन ट्रायलका अनुसार भ्याक्सिन लगाएको दश देखि १४ दिनपछि मात्रै मानिसमा इम्युनिटी तयार हुन्छ। पूरा सुरक्षाका लागि दोस्रो खोप पनि लगाउनुपर्छ।
नर्सलाई भ्याक्सिन लगाउनु पहिला नै कोरोना पोजेटिभ भएको हुन सक्ने आशंका पनि व्यक्त गरिएको छ। कोरोनाको लक्षण देखिन १४ दिन लाग्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment