पाकिस्तानमा हिन्दु सन्तको समाधी जलाइयो
इस्लावाद (एजेन्सी)। पाकिस्तानमा एक हिन्दु धर्मका सन्त श्री परमहंस महाराजको समाधी स्थल जलाइएको छ। पाकिस्तानको खैबर पख्तुनख्वहाको करक जिल्लास्थित पवित्र समाधी स्थल स्थानीय भिडले जलाएको बीबीसीले जनाएको छ।
समाधी स्थल नजिकै एक हिन्दुले घर बनाउन थालेपछि भड्किएका स्थानीय मुस्लिमहरुले सो समाधी जलाइदिएको बताइएको छ। स्थानीय मुस्लिहरुले सो घर बनाएको विषयमा स्थानीय प्रशासनमा उजुरी पनि गरेको जनाइएको छ। सो गाउँमा हिन्दुको वस्ती नरहेको बताइन्छ। र ती व्यक्तिले घर बनाउ लागेको जमिन सोही समाधीको रहेको स्थानीयको विश्वास थियो।
तर, त्यहाँ घर बन्न थालेपछि स्थानीयले विरोध जनाएका थिए। स्थानीयले विरोध प्रदर्शनको कार्यक्रम पनि रहेको स्थानीय प्रशासनलाई जानकारी दिएका थिए। तर, प्रशासनले लापरबाही गर्दा सो घटना भएको जनाइएको छ।
विरोध प्रदर्शंनमा एक मौलानाले उत्तेजक भाषण गरेपछि अनियन्त्रित भीडले सो समाधी जलाएको बीबीसीले उल्लेख गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment