विश्वमा कोरोना : अमेरिकामा गत २४ घण्टामा २ लाख बढी संक्रमित थपिए, मृत्युहुनेको संख्या १८ लाख बढी

डिसी नेपाल
१६ पुष २०७७ ७:०२

काठमाडौं । विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड ३० लाख २८ हजार ९ सय ९९ पुगेको छ गत २४ घण्टामा थपिएका ७ लाख २ हजार ५ सय ५२ सँगै यो संख्या ८ करोड बढी पुगेको हो। गत २४ घण्टामा मात्र १४ हजार बढीको कोरोनका कारण ज्या नगएको छ।

हालसम्म १८ लाख १० बढीको कोरोनाका कारण ज्यान गएको छ, भने ५ करोड ८८ लाख ४५ हजार ४ सय ८४ जना कोरोनाको संक्रमणबाट मुक्र भएका छन्। गत २४ घण्टामा मात्र ५ लाख १७ हजार ६१ जना कोरोना मुक्त भएका हुन्।

गत २४ घण्टामा अमेरिकामा २ लाख १८ हजार २ सय ७२ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। अमेरिकामा यो सँगै संक्रमित हुनेको संख्या २ करोड २ लाख ७ सय १३ पुगेको छ। यस्तै हालसम्म ३ लाख ५० हजार बढीले कोरोनाका कारण ज्या गुमाएको अमेरिकामा गत २४ घण्टामा मात्र ३ हजार बढीले ज्यान गुमाएका छन्।

यस्तै, गत २४ घण्टामा ब्राजिलमा ५५ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। ब्राजिलमा हालसम्म १ लाख ९३ हजार ९ सय ४० को ज्यान गएको ब्राजिलमा गत २४ घण्टामा १ हजार २ सय २४ को कोरोनाका कारण ज्यान गुमाएका छन। ब्राजिलमा हालसम्म ७६ लाख १९ हजार ९ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म ६७ लाख ७ हजार ७ सय ८१ जना कोरोना संक्रमण मुक्त भएका छन्।

गत २४ घण्टामा युकेमा ५० हजार २३ संक्रमित थपिए, रसियामा २६ हजार ५ सय १३, फ्रान्समा २६ हजार ४ सय ५७, भारतमा २१ हजार ९ सय ५७, जर्मनीमा १९ हजार २सय ८५, र दक्षिण अफ्रिकामा १७ हजार ७ सय १० जना कोरोनाका संक्रमितहरु थपिएको वल्र्डो मिटरले जनाएको छ।

यसैगर, इटालीमा १६ हजार, टर्की र स्पेनमा १५ हजार, पोल्याण्ड र मेक्सीकोमा १२ हजार, अर्जेन्टिना र कोलोम्बियामा १२ हजार, नेदरल्याण्डमा ९ हजार र इन्डोनेसीयामा ८ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्।

हालसम्म विश्वमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ करोड २३ लाख ७२ हजार ९ सय १२ रहेको छ। सबै भन्दा बढी संक्रिय संक्रमितको संख्या अमेरिकामा रहेको वर्डोमिटरका अनुसार अमेरिकामा हालसम्म ७८ लाख ५७ हजार ४ सय २९ सक्रिया कोरोनका संक्रमितहरु रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *