इन्डोनेसियामा भेटियो चिनियाँ अण्डरवाटर ड्रोन

डिसी नेपाल
१६ पुष २०७७ २२:२३
22.5k
Shares

जाकर्ता (एजेन्सी)। इन्डोनेसियामा एक चिनियाँ अण्डरवाटर ड्रोन फेला परेको छ। एक इन्डोनेसियन मछुवाराले ड्रोन फेला पारेका थिए। सो ड्रोन उनले इन्डोनेसियाको सेनालाई हस्तान्तरण गरेका थिए। इन्डोनेसियाको सेनाले जाँचपछि सो स्रोड चिनियाँ रहेको पुष्टि गरेको द गार्डियनले जनाएको छ।

समाचार अनुसार सो ड्रोन साउथ चाइना सीको इन्डोनेसियन भूमिमा ती मछुवाराले फेला पारेका थिए। सो ड्रोन चिनियाँ जासुसी ड्रोन भएको हुन सक्ने जनाइएको छ। साउथ चाइना सीमा चीन र इन्डोनेसियाबीच तनाव हुने गरेको छ।

यसरी ड्रोन फेला परेको यो पहिलो घटना हो। इन्डोनेसियन मछुवाराले सो ड्रोन फेला पारेपछि इन्डोनेसियाको सेनालाई जानकारी दिएका थिए। तर, यो विषयमा चीनका तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन। साउथ चाइना सी मा इन्डोनेसिया, फिलिपिन्स र मलेसियासँग चीनको तनाव भइरहने गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *