सन् २०२० : रोकिएन महिलामाथिको हिंसा र बलात्कार

तर्कबहादुर थापा
१७ पुष २०७७ १०:३७

काठमाडौं। घटना १ : केही महिना अघि महोत्तरीको बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिका सम्पर्कविहीन भइन। प्रहरीले ती बालिकाको शव फेला पार्यो। बोरामा खाँदेको अवस्थामा शव भेटिएपछि प्रहरीले बलात्कारपछि हत्या गरिएको आशंका ग-याे।

सोही आशंकामा जिल्लाकै गौशाला नगरपालिका ५ का २५ वर्षीया अरुण कुरमार शाहलाई पक्राउ पनि गर्यो। आन्दोलन भयो। प्रहरीले चलाएको गोली लागेर अर्को एक जनाको पनि मृत्यु भयो।

घटना २ :  सन् २०२० मै मकावानपुरमा ४ वर्षीया बालिकाको शव फेला परेको थियो। बाग्मती–७, लामिटारकी रुवीना पाख्रिन आफ्नो घरबाट ३ सय मिटर टाढा रगतले लतपत भएको अवस्थामा फेला परेकी थिइन। प्रहरीका अनुसार आशंकामा पक्राउ परेका १६ वर्षीया बालकले फकाएर नजिकैको पुलमुनि लिई बलात्कार र त्यसपछि हत्या गरेको स्वीकारेका छन्।

घटना ३ : गत असोजमा बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको पनि बलात्कारपछि हत्या भयो। बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका १८ वर्षीया राजेन्द्र बोहोरा यस अघिपनि यस्तै प्रकृतिका अन्य घटनामा पनि संलग्न भएको पाइयो।

प्रहरीका अनुसार उनले गाउँका अन्य वालिका र महिलामाथि पनि त्यस्ता खालका व्यवहार गरेको र गाउँघरमै मिलापत्र गरिएको थियो। अपराध लुकाउन मिलापत्र गराउँदा जघन्य अपराध भएको जानकारहरुले बताए।

नेपाल प्रहरीका अनुसार यो वर्षको जुलाई पछिमात्र ७ हजार ४ सय ४६ लैगिंक हिंसाका घटनाहरु भएका छन्। जवरजस्ती करणीमा १ हजार ९५, मानव वेचविखनमा १२, अपहरणपछि जबरजस्ती करणीमा ३३, जवरजस्ती करणी र कर्तव्य जानमुद्दामा ३ वटा फाइल दर्ता भएका छन्।

घटना ४ : एक तथ्यांक अनुसार देशभर गउको चैतमा ४ सय ३ जना, वैशाखमा ५ सय ७ जना र जेठमा ५ सय ८६ जनाले आफ्नो ज्यान आफैंले लिने जस्तो कार्य गरे। देश लकडाउन भएका बेला भएका आत्महत्याले पनि २०२० ले नेपालमा अपराधिक मानसिकतामा वृद्धि गरेर छोडेको भन्न सकिन्छ। लकडाउन सुरुवातीका ३ महिनाको प्रतिनिधि रिपोर्ट मात्र यहाँ प्रसतुत गरिएको हो।

घटना ५ : सन २०२० मै नेपालमा एसिड आक्रमणका गरी जघन्य अपराध गर्नेलाई सजाए दिने कानुन पनि बनेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले २०२० को सेप्टेम्बरमा यो अध्यादेश जारी गरेकी हुन्।

मन्त्रिपरिषद्ले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पारित गरेको थियो। यही संशोधन ऐन कानुन बन्ने छ।

घटना ६ : नेपालमा सन २०२० मा कोरोना भाइरसका कारण १ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ। तथ्यांक अनुसार सन २०२० मा फैलिएको कोरोनाका कारण नेपाल पनि अछुतो रहेन।

नेपालमा हालसम्म २ लाख ६० हजार ५ सय ९३ जना कोरोनाका संक्रमित भएका छन्। २०२० को अन्तिम दिनसम्म नेपालमा ६ हजार ३ सय ७८ सक्रिय संक्रमित रहेका छन्। २ लाख ५२ हजार ३ सय ५९ जना कोरोना संक्रमितहरु निको पनि भएका छन।

सन् २०२० मा कोरोना मात्र फैलिएन । यसले नेपालमा लैगिंक हिंसामा पनि डरलाग्दो तथ्यांक छोडेर गएको छ। सवारी दुर्घटनामा पनि केही सुधार आएन। नेपालमा बलात्कारपछि हत्या हुने क्रम पनि यो वर्षमा बढेको देखियो।

नेपाल प्रहरीका अनुसार यो वर्षको जुलाई पछिमात्र ७ हजार ४ सय ४६ लैगिंक हिंसाका घटनाहरु भएका छन्। जवरजस्ती करणीमा १ हजार ९५, मानव वेचविखनमा १२, अपहरणपछि जबरजस्ती करणीमा ३३, जवरजस्ती करणी र कर्तव्य जानमुद्दामा ३ वटा फाइल दर्ता भएका छन्।

नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवरका अनुसार जबरजस्ती करणी उद्योग अन्तर्गत ३३४, बहुविवाह, ३८३, बालविवाह ४०, बोक्सीको आरोपमा ३७, गर्भपतन १०, जातिय छुवाछुतका २४, अप्राकृतिक मैथुनका १६, वाल यौन दुराचारमा सहयोगका १०३ र घरेलु हिंसाका ५ हजार ३ सय ५६ घटना प्रहरी समक्ष पुगेका छन।

जुलाईपछि अर्थात आर्थिक वर्ष २०७७/७८ साउन पछिमात्र नेपालमा सवारी दुर्घटनाबाटमात्र ९ सय ४० जनाले ज्यान गुमाएका छन। करिव २ हजार ७ सय ९ गम्भिर घाइते भएका छन भने ७ हजार ८ सय ५३ साना तथा ठूला सवारी दुर्घटनाको संख्या रहेको प्रहरकिो तथ्याङ्कमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *