टेष्ट खेल्न श्रीलङ्का पुगेका मोइन अलि कोरोना संक्रमित

डिसी नेपाल
२१ पुष २०७७ ११:३२

काठमाडौं । श्रीलङ्का भ्रमणमा पुगेको इंग्ल्याण्ड क्रिकेट टोलिका सदस्य मोइन अलिमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । दुई टेष्ट म्याचको श्रृखंला खेल्न भ्रमणकारी टोलि आइतबार श्रीलङ्का पुगेको हो । आइतबार श्रीलङ्का पुगे लगत्तै टोलिका सबै सदस्यको कोभिड १९ परीक्षण गरिएको थियो ।

इंग्ल्याण्ड क्रिकेट बोर्ड(इसीबी)ले सुरुमा सबै सदस्यमा कोरोना परीक्षण निगेटिभ आएको जनाएपनि पीसीआर परीक्षणको नतिजा आएपछि मोइनमा सङ्क्रमणको पुष्टि भएको हो । इंग्ल्याण्ड टोलि हाल हयाम्बनटोटामा छ । १४ जनवरीमा पहिलो टेष्ट सुरु हुनुभन्दा अघि इंग्ल्याण्ड टोलि गल प्रस्थान गर्नेछ । जनवरी पाँचमा मोइन अलिलाई टोलिका अन्य सदस्यहरुसँग अलग्याएर गेल लगिने र त्यहाँ होटेलमा उनको बसाइको छुट्टै ब्यवस्थापन गरिने जनाइएको छ । दश दिनसम्म आइसोलेशनमा बस्नुपर्ने हुँदा मोइन अलि पहिलो टेष्ट सुरु हुनुभन्दा अघिल्लो दिन मात्रै आइसोलेशन समय पुरा गर्नेछन । जसले गर्दा उनको उपलब्धता नरहने प्रायः निश्चित छ । सन् २०१८ मा इंग्ल्याण्डले श्रीलङ्का भ्रमण गर्दा मोइन अलि ज्याक लिचसँगै सबैभन्दा बढी विकेट लिएका थिए । मोइनसँग सम्पर्कमा आएकोले क्रिस वक्सलाई समेत अलग्याइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *