शीर्ष स्थानमा रहेको लिभरपुल साउथहयाम्पटनसँग पराजित

डिसी नेपाल
२१ पुष २०७७ ११:५७

काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल साउथहयाम्पटनसँग हार बेहोरेको छ । डेनी इंग्सको दोस्रो मिनेटमा गरेको गोलको सहयोगले साउथहयाम्पटन लिभरपुलमाथि १–० को जित हात पार्न सफल भयो । लिभरपुल भने लिगमा दोस्रो हार बेहोर्दा गोल अन्तरको आधारमा तालिकाको शीर्ष स्थानमा यथावत छ ।

दोस्रो स्थानको म्यान्चेष्टर यूनाइटेडको सामान ३३ अङ्क रहेको छ । तर लिभरपुलले १७ खेल खेल्दा यूनाइटेडले १६ र म्यान्चेष्टर सिटीले १५ खेल खेलेको छ । दुबैले बाँकी खेल जित्दा पूर्ब लिग विजेता लिभरपुललाई तल धकेल्न पर्याप्त हुनेछ । पाँचौं स्थानमा रहेको सिटीले १५ खेलबाट २९ अङ्क बटुलेको छ । छैठौं स्थानको साउथहयाम्पटनको २९ अङ्क छ । साउथहयाम्पटनले जारी लिगको आफ्नो पाँच खेलमा पहिलो जित हात पारेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *