पिएमकप छनौट : आकाश थापाको उत्कृष्ट ब्याटिङ र संघर्ष पौडेलले उत्कृष्ट बलिङमा चितवन प्रदेश विजेता

डिसी नेपाल
२१ पुष २०७७ १६:५८

काठमाडौ । काठमाडौं भएको पिएमकप छनौट अन्तर्गत वाग्मती स्तरीय क्रिकेट प्रतियोगिता चितवनले जितेको छ । आज (मंगलवार) भएको फाईनल खेलमा काठमाडौंलाई १३९ रनले पराजित गर्दै चितवन टोली विजयी भएको हो । चितवनलाई प्रदेश विजेता बनाउन संघर्ष पौडेलले उत्कृष्ट बलिङ गरे । आठ ओभर बलिङ गरेका उनले २५ रन खर्चदै ५ विकेट लिए । चितवनका अन्य खेलाडीहरुमा दिपेश खत्रीले २ तथा गौतम के.सि., दिवान आचार्य र दानिस ईकवालले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले आकाश थापा सतकिय पारीमा ४० ओभरमा ६ विकेट गुमाउदै २६० रन बनायो । चितवनका लागि आकाशले रन आउट हुनु अघि ११९ बलमा १३६ रन बनाए । उस क्रममा उनले १४ चौका र ५ छक्का प्रहार गरे । चितवनका अन्य खेलाडीहरुमा गौतम केसीले ३२, प्रतिक श्रेक्ष्ठले २५, रविन शर्मा २४, दिपेश श्रेष्ठले १९ र अजित भण्डारीले १६ रन बनाए ।

दुई सय ६१ रनको लक्ष्य पछ्याएको काठमाडौं २५ ओभर ४ बल खेल्दै ६७ रनमै खुम्चियो । काठमाडौका लागि रजत तिम्लिसिनाले १५ रन बनाउन बाहेक अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *