भलिबलमा प्रतिभावान खेलाडीको घोषणा

डिसी नेपाल
२२ पुष २०७७ १६:२८

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)ले नयाँ प्रतिभावान खेलाडीको घोषणा कार्यक्रम अन्तर्गत राष्ट्रिय खेल भलिबलमा २४ खेलाडीको छनोट गरेको छ । त्यसमा समान १२–१२ पुरुष/महिला खेलाडी रहेको भलिबल प्रशिक्षक जगदीश भट्टले जनाएका छन् ।

खेलाडीको प्रतिभा र उचाइका आधारमा ५२ खेलाडी मध्येबाट २४ खेलाडीको छनोट गरिएको भट्टले जानकारी दिए । राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले कार्यक्रमको औपचारिक रुपमा घोषणा गर्दै प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाए । सदस्य–सचिव सिलवालले भलिबलमा देशका लागि योगदान दिने खेलाडी उत्पादन गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । सहभागीलाई प्रशिक्षक भट्टसहित अर्का प्रशिक्षक लालबहादुर बटालाले प्रशिक्षण दिने छन् । पहिलो चरणमा छ महिनासम्म खेलाडीलाई कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिइने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *