मलेसियाबाट नेपाल ल्याइएका एक अस्तुसहित १९ शवको नामावली

डिसी नेपाल
१२ माघ २०७७ १२:४८

काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ए३३० जहाजले मलेसियाबाट एक शवको अस्तुसहित १९ शव नेपाल ल्याएको छ।

कोरोना संक्रमणबाट मृत्यु भएकाले उतै सदगद गरिएको एक शवको अस्तुसहित आत्महत्या, हटहट्याक आदिबाट मलेसियामा मृत्यु भएका १९ जना नेपालीको शव गत शनिबार काठमाडौं ल्याइएको हो।

एयरलाइन्सले वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका नेपालीहरुको विभिन्न कारणले गत डिसेम्बरमा मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याएको हो। शवबुझ्न पुगेका आफन्तहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भावविह्वल अवस्थामा देखिन्थे।

रोजगारीको सिलसिलामा मलेसिया पुगेका सिन्धुपाल्चोकका कालु तामाङ र अजय भण्डारी, पाँचथरका लक्ष्मीकुमार माझी र सुन्दर राई, ताप्लेजुङका धनबहादुर विक र नेत्रप्रसाद भट्टराई, झापाका लिलाबहादुर खड्का र विष्णुकुमार चौधरी, मोरङका रामकुमार मुडयारी, सुनसरीका मोहमद मिस्तार, धनकुटाका भिमबहादुर मगर, पर्साका ओजिर खान पठान, रौतहटका वीरेन्द्र रावतकुर्मी, काभ्रेका अजय तामाङ, सर्लाहीका प्रदिप साह, नुवाकोटका मिलन लामा तामाङ, सिन्धुलीका सूर्यबहादुर तामाङ, बाँकेका तिर्थराम लोनियाको शव नेपाल ल्याइएको हो।

गत डिसेम्बरमै कोरानाका कारण मृत्यु भएका बाराका विरबहादुर तामाङको भने अस्तु ल्याइएको हो।  मलेसियास्थित नेपालीदूतावासले निगमलाई १५–१५ दिनमा शव बोक्नका लागि उडान गर्न आग्रह गर्दै आएको थियो। सोहीअनुसार परराष्ट्र मन्त्रालय र पर्यटन मन्त्रालयको सहकार्यमा १८ जनाको शव लिन निगमको जहाज मलेसिया गएको थियो। मलेसियामा हाल तीन दर्जनभन्दा बढी शव रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

शव लिननिगमको जहाजशुक्रबार राति ११ बजे त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुर उडेको थियो । मृतकका परिवारको पीडालाई बुझेर निगमले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *