४२ औं पर्यटक प्रहरी दिवस सम्पन्न

डिसी नेपाल
१२ माघ २०७७ १६:२७

काठमाडौं। पर्यटकप्रति सबैको समान दृष्टिकोण र सद्व्यवहार बढाउने उद्देश्येले नेपाल प्रहरीले “४२औं पर्यटक प्रहरी दिवस, २०७७” मनाएको छ। सोमबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा एक समारोहबीच कार्यक्रम सम्पन्न भएको हो।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पर्यटकप्रति सबैको समान दृष्टिकोण र सद्व्यवहार हुनुपर्ने बताउका छन्। उनले सबै पर्यटकलाई अतिथि देवो भवः अनुसार व्यवहार गर्नु पर्नेमा जोड दिए।

उनले आगामी दिनमा पर्यटक प्रहरीलाई आवश्यकता अनुसार दक्ष बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे। नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटनसँग आवद्ध सबै सरोकारवाला निकायहरुको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताउँदै उनले पर्यटकीय स्थलहरुलाई कम प्रदूषित बनाउनको निम्ति चालिने कदमप्रति सबैको चासो हुनुपर्नेमा बताए।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पर्यटक प्रहरीलाई व्यवसायिक रुपमा सहयोग गर्ने विभिन्न संघ संस्था तथा पर्यटन व्यवसायी र उत्कृष्ट प्रहरी अधिकृतहरुलाई सम्मानपत्र प्रदान गरे।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका कार्यकारी निर्देशक डा.धनञ्जय रेग्मी, पर्यटनविद् डा. आलोक प्रसाई, टानका अध्यक्ष खुम बहादुर सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै पर्यटक प्रहरीले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेका धारण राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *