कोभिड–१९ खोप : सामान्य प्रतिकुल असर पर्छ, डराउनु पर्दैन

तर्कबहादुर थापा
१३ माघ २०७७ १४:३४

काठमाडौं। विश्वभर कोरोना महामारी कायम छ। एक वर्षमा कोरोना विरुद्धको खोप निर्माण भएको छ। विश्वका शक्तिराष्ट्रहरुले कोरोनको खोप बनाएका छन्। अक्सफोर्डले विकसित गरेको कोरोनाको खोप भारतको सिरम कम्पनीले कोभिसिल्डको नाममा बजारमा ल्याएको छ।

भारतले बजारमा ल्याएको उक्त खोप भारत सरकारले नेपाललाई उपहारमा दिएको छ। भारतले दिएको खोप बुधबार (भोली)बाट नेपालभर लगाइँदै छ। १० लाख डोज खोप नेपालले पाएको छ। सातवटै प्रदेशमा खोप पुगिसकेको छ।

खोप पहिलो पटक अग्रपंक्तिमा रहेर काम गर्नेलाई दिइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप पहिलो पंतिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाई कर्मचारीलाई दिइने भएको छ।

पुरानो प्रविधिबाट बनेकोले सुरक्षित छ : पाण्डे

जनस्वास्थ्य विज्ञ रवीन्द्र पाण्डेले कोरोनाको खोप सुरक्षित रहेको बताएका छन्। डिसी नेपालसँगको कुराकानीमा उनले पुरानो प्रविधिबाट खोप तयार भएका कारण सुरक्षित भएको जानकारी दिए।

भारतमा उक्त खोपका कारण ३ जनाको मृत्यु भएको बताउँदै डा. पाण्डेले भने, ‘हरेक व्यक्तिमा फरक–फरक प्रतिक्रिया हुने हुन्छ। कसैलाई अण्डाले, कसैलाई दुधले, कसैलाई फलफूलले पनि प्रतिकुल असर देखाउँछ। सामान्यतः यो खोपले पनि प्रतिकुल असर पारेको छ। भारतमा ३ जनाको मृत्यु भए पनि १५ लाखमा जनसंख्यामा उक्त खोप लगाइएको छ।’

जनस्वास्थ्य विज्ञ पाण्डेले कोरोनाको खोपले सामान्य प्रतिकुल असर गरे पनि डराउन नपर्ने बताएका छन्। उनले भने, ‘डराउनु पर्ने कुनै कारण छैन। रोग पालेर बस्नु भन्दा धेरै सुरक्षित हुन्छ खोप।’ पाण्डेका अनुसार उक्त खोप सुत्केरी, गर्भवती, मुटुरोगी, कलेजोरोगी, स्नायुमा समस्या भएका र दीर्घरोगीहरुले लगाउन हुँदैन।

‘१८ वर्ष उमेर पुगेका र माथि उल्लेख गरिएका रोगी बाहेकले उक्त खोप लगाउन सक्छन।’ पाण्डेले भने, ‘१८ वर्षभन्दा मुनिकाले पनि कोरोनाको भ्याक्सीन लगाउन हुँदैन।’ कोरोनाको भ्याक्सिन ऐच्छिक भएको डा. पाण्डेले बताए।

उनले भने, ‘हामीले सामाजिक सञ्जालमा पनि देखेका छौ भारतमा खोपका कारण मान्छेको मृत्यु भएका कारण नेपालमा पनि डराएका छन। तर, स्वच्छिक भएका कारण लगाउने नलगाउने आफ्नो कुरा हो। तर, मेरो बुझाईमा कोरोना भन्दा खोप सुरक्षित नै हुन्छ। मैले दोहो¥याए कोरोना भन्दा खोप नै सुरक्षित हुन्छ।’

डा. पाण्डेका अनुसार खोप लागाउँदा विभिन्न खालका लक्षण देखिन सक्छन। टाउको दुःख्ने, ज्वरो आउने, सुइलगाएको ठाउँमा रातो हुने, फुल्ने, आदि हुन्छ। लाखौमा २÷४ जनालाई रिएक्सन पनि हुन सक्छ। रिएक्सन हुँदा बेहोस हुने र अस्पतालमा समेत भर्ना गर्नुपर्ने पनि हुन सक्ने डा. पाण्डेले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *